मंगलबार, मंसिर २०, २०७९

सुनको भाउ तोलामा एक हजार घट्यो, प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोवार

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ७ गते १४:१२

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । सुनको मूल्य तोलामा आज एक हजार रुपैयाँले घटेको हो। हिजो नेपाली बजारमा ८९ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको मूल्य आजका लागि ८८ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यसमेत प्रतितोला ३० रुपैयाँले घटेको छ। हिजो चाँदी प्रतितोला एक हजार ३ सय ३५ रुपैयाँमा कारोवार भएको थियो।

आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा ६ सय रुपैंयाले घटेको थियो ।

तपाइँको प्रतिक्रिया