शनिबार, असोज १५, २०७९

प्रदेशमा उत्पन्न कानूनी र वैधानिक प्रश्न निरुपण गर्न सरकार तयारः मुख्यमन्त्री राई

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ७ गते १३:२७

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा उठेका कानूनी र वैधानिक प्रश्नहरुको निरुपरण गर्न सरकार तयार रहेको बताएका छन् ।

उनले प्रदेशमा उत्पन्न समस्या अन्त्य गर्न सरकार तयार रहेकाले सबैलाई जिम्मेवार बन्न आग्रह गरे। प्रजातन्त्र दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश संरचनालाई बलियो र प्रभावकारी बनाउने जिम्मवारी सबैको भएकाले सबै सहयात्री दललाई गम्भिर बनी गहिरो जिम्मेवारीका साथ भूमिका खेल्न आग्रह समेत गरे ।

आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावप्रति इंगित गर्दै प्रदेश संरचना कमजोर बनाउने र जनताको विकास र समृद्धिको चाहनालाई तुषारापात गर्ने उद्देश्यका साथ कदम चालिएको दावी गरे ।

उनले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विधिसम्मत नभएको दाबी गर्दै घुमाउरो ढंगले प्रस्ताव फिर्ता लिन आग्रह गरे ।

तपाइँको प्रतिक्रिया