संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ गतेको आन्दोलनले विशेष उर्जा प्रदान गर्नेछ- देउवा
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ७ गते ८:०२
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनमा फागुन ७ गतेको आन्दोलनले विशेष उर्जा प्रदान गर्ने बताएका छन् ।
शुक्रबार ७० औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदैं सभापति देउवालले फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको स्मरण गरेका छन् । राजनीतिक परिवर्तन मात्रै हैन, सामाजिक, आर्थिक,साँस्कृति र शैक्षिक हरेक क्षेत्रमा प्रजातन्त्रले परिर्वतन गरेको उल्लेख गर्दै सभापति देउवाले प्रजातन्त्रले बलियो राष्ट्रियताको आधार निर्माण गरेको दाबी गरेका छन् ।
हेर्नुहोस् शुभकामना सन्देश जस्ताको त्यस्तै