आइपीएलमा क्रिस मोरिस बने सर्वाधिक महँगो खेलाडी
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ६ गते १८:०८
एजेन्सी । दक्षिण अफ्रिकाका अल राउण्डर क्रिस मोरिस इण्डियन प्रिमियर (आइपीएल) लिगको अक्सनमा सर्वाधिक महँगा खेलाडी बनेका छन् ।
मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाखमा टिममा आबद्ध गर्दा उनी उनी सर्वाधिक महङ्गो खेलाडी बनेका हुन् । उनको बेस प्राइस ७५ लाख रहेको थियो ।
मोरिसले भारतीय युवराज सिंहको १६ करोडको रेकर्ड तोड्दै सर्वाधिक महङ्गा खेलाडिको पतिहास बनाएका हुन् । विदेशी खेलाडीमा भने अष्ट्रेलियन प्याट क्युमिन्स सबैभन्दा महङ्गा खेलाडी थिए । उनी सन २०२० मा कोलकताले १५ करोड ५० लाखमा खरिद गरेको थियो ।