आइतबार, चैत १२, २०७९

कोरोना विरुद्धको खोपको माग गर्दै माइतीघरमा नेविसंघको प्रदर्शन

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ६ गते १७:१६

काठमाडौ । कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै कांग्रेस निकट विद्याथीं संगठन नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले ‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड–१९ भ्याक्सिनको पहिलो अधिकार’ लेखिएको ब्यानरसहित प्रर्दशन गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया