मंगलबार, मंसिर २०, २०७९

अदालतले जे भन्छ त्यो स्वीकार गर्छाैं: सभापति देउवा

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ६ गते १५:३६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अदालतले जे भने पनि स्वीकार गर्ने कुरा दोहोर्याएका छन् । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अदालतले पुनस्र्थापना गरे स्वीकार गर्ने बताए ।

उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’ सभापति देउवाले कांग्रेस नेता कार्यकर्तालाई भने, ‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं’।

फरक प्रशंगमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई धुब्रिकरण तर्फ धकेलेको समेत आरोप लगाएका छन् ।

तपाइँको प्रतिक्रिया