सोमबार, चैत १३, २०७९

देउवालाई रामचन्द्रको झटारो- जनतालाई कन्फयुजनमा पार्ने कुरा बोलेर हिँड्ने ?

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ६ गते १५:१२

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै सभापति शेर बहादुर देउवा माथि आक्रोश पोखेका छन् । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले देउवालाई जनतालाई भ्रममा नपार्न चेतावनी दिएका छन् ।

उनले भने, देउवा प्रति लक्षित हुँदै भने, ‘अनि यो पार्टीका नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने कुरा बोलेर हिँड्ने ? जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?’अदालतले के गर्छ भनेर हेरेर बस्ने हो कि लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्ने भनेर प्रश्न गरेका छन् । ‘अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही भन्नुपर्छ,’ उनले भने, ‘कांग्रेसले किन नभन्ने भन्दै आक्रोश व्यक्त गरेका छन् ।

वरिष्ठ नेता पौडेलले पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै उनले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए ।

तपाइँको प्रतिक्रिया