बुधबार, चैत ८, २०७९

मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनि कल्पन्ना गर्नु दुराग्रहपूर्ण छ- प्रधानमन्त्री ओली

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ६ गते १२:३४

काठमाडाै‌। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्धाका विषयमा सर्वाेच्च अदालतमा पुगेर लिखित जवाफ पेश गरेका छन् । विहिबार सर्वाेच्च अदालतमा पुगेर प्रधानमन्त्री ओलीले आफू पाँच दशक भन्दा लामो समयदेखि मैले न्यायापालिकाको पक्षमा संघर्ष गरेको भन्दै त्यसको सम्मानमा कम हुने कार्य नगरेको लिखित रुपमा दाबी समेत गरेका छन् ।

‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ भन्ने अभिव्यक्तिविरुद्ध परेको रिटमा प्रधानमन्त्री ओलीले बिहीवार सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका हुन् । उनले कुनै मुद्धाको पक्षले मुद्धाको सम्बन्धमा व्यक्त गरेको कुरालाई अदालतको अवहेलनाको विषय बनाउन नमिल्ने जिकिरसहित प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा तीन पानाको ११ बुँदे लिखित जवाफ पेश गरेका हुन् ।

साथै उनले आफूले जहिले पनि आदरार्थी भाषाको प्रयोग गरेको दाबी गर्दै आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी रहेको जिकिर पनि आफ्नो लिखित जवाफमा गरेका छन् ।

हेर्नुहाेस् जवाफकाे पूर्णपाठ

तपाइँको प्रतिक्रिया