पेट्रोलियम मुल्यवृद्धिको विरोधमा दाने समूह निकट अनेरास्ववियूको प्रदर्शन
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ६ गते ११:४४
काठमाडौं । सरकारले मंगलबार देखि बढाएको पेट्रोलियम पदार्थ मुल्य वृद्धिको विरोधमा दाहाल नेपाल समूह निकट अनेरास्ववियूले राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
बिहीबार बिहान दाहाल नेपाल समूह निकट विद्यार्थीले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन् ।
सरकारले पेट्रोलियममा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने भन्दै चर्का नारा लगाएका थिए ।
अनेरास्ववियुले प्रतिनिधिसभा विघटन र पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध बिहीबार देशभरका क्याम्पसमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।