शनिबार, मंसिर २४, २०७९

परीक्षा हलमा टिकटिक बनाउने १२ कक्षाका विद्यार्थीको परीक्षाफल रद्ध

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ६ गते ८:४१

काठमाडौं । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।

दैलेखको कालीका माविबाट परीक्षा दिएका रोशनकुमार शाहीको परीक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गएको मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

त्यस्तै सोही विद्यालयमा निरक्षणका लागि खटिएका शिक्षक कमल बहादुर शाही,प्रधानाध्यापक एवम् केन्द्राध्यक्ष चक्र बहादुर शाहीलाई तीन वर्षसम्मका लागि बोर्डबाट सञ्चालन गरिने कुनै पनि परीक्षा सम्बन्धी काममा सहभागी हुन नपाउने गरि कार्बाही समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया