शनिबार, असोज १५, २०७९

गुल्मीमा जीप दुर्घटना तीन जनाको मृत्यु, ६ जना घाइते

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ६ गते ८:०७

काठमाडौं ।गुल्मीको रेसुंगा–१४ पराल्मीको ठूलोपँधेरामा जीप दुर्घटना तीन जनाको मृत्यु, छ जना घाइते भएका छन् । गए राति जिल्ला सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने दुर्घटनामा परेको हो ।

दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी बताए । दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा सवार ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारको लागि पाल्पा पडाइएको प्रहरीले जनाएको छ । ११ जना सवार रहेको जीपमा २ जना हाल फालेर जोगिएका थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले बताए ।

तपाइँको प्रतिक्रिया