मंगलबार, जेठ १६, २०८०

कांग्रेसको १४ औं महाधिवेशन भदौंमा गर्ने प्रस्ताव

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ५ गते १८:३१

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन भदौंमा गर्ने प्रस्ताव गरेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका राखेपछि बैठक ढिलो भएर सुरु भएको थियो। पौडेल र सभापति शेरबहादुर देउवाबीच सहमतिपछि भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव गरिएको कांग्रेस प्रवक्ता विश्वराज शर्माले जानकारी दिए ।

छलफलपछि केन्द्रीय समितिले यो प्रस्ताव पारित गरेमा भदौमा महाधिवेशन हुनेछ। भदौमा महाधिवेशन गर्न देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्नुपर्ने हुन्छ। संविधानको व्यवस्था अनुसार अब छ महिना म्याद थप गर्न मिल्छ। यस अघि कांग्रेसको महाधिवेशन यहि फागुन १४ गतेका लागि आव्हान गरेको थियो ।

तपाइँको प्रतिक्रिया