बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ- वरिष्ठ अधिवक्ता मैनाली
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ५ गते १७:३५
काठमाडौं । एमिकस क्युरीबाट राय राख्दै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार रहेको सुझाव दिएका छन् । बुधबार प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा एमीकस क्युरीको तर्फबाट राय राख्दै मैनालीले उक्त कुरा बताएका हुन् ।
संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटनको अधिकार बहुमतको प्रधानमन्त्रीमा रहेको दाबी गर्दै,कुनै पनि पार्टीले सरकार गठन गर्न मानेन भने त्यस्तो अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार रहेको तर्क गरे ।
सरकार बनाउन कुनै पार्टी तयार भएनन् भने त्यस्तो अवस्थामा सरकारमा रहेको प्रधानमन्त्रीले विघटन गर्ने अधिकार छ । उनले संविधान लेखनका क्रममा त्रुटि रहेको प्रतिक्रिया समेत दिएका थिए ।