भागीरथी भट्टको हत्यारा पक्राउ गर्न सफल भएकाे भन्दै गृहमन्त्री थापाद्वारा प्रहरीको उच्च प्रशंसा
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ५ गते १७:१७
काठमाडौं । गृहमन्त्री राम बहादुर थापा बादलले बैतडीका भागीरथी भट्टको बलात्कारी हत्यारालाई पक्राउ गर्न सफल गर्न सफल भएको भन्दै नेपाल प्रहरीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
थापाले सामाजिक सञ्जाल मार्फत प्रहरीको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुमा माफत बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारवाहिको दायरामा आएको बताएका छन् । निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल भएको उल्लेख गर्दै नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद ज्ञापन गरेका छन्।
गृहमन्त्री थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारवाहिको दायरामा ल्याउन प्रतिवद्ध रहेको समेत दोहोर्याएका छन् ।