कांग्रेस नेता माथिको आक्रमण र पेट्रोलियम पदार्थको मुल्य वृद्धिबारे नेविसंघद्वारा विरोध प्रदर्शन
काठमाडौं । बैतडीमा भएको नेपाली कांग्रेसका नेता माथि भएको सांघातीक आक्रमण र पेट्रोलिय पदार्थको मुल्य वृद्धिको बारे नेपाल विद्यार्थी संघले विरोध प्रर्दशन गरेको छ। बुधबार नेपाल विद्यार्थी संघ त्रिविले आम सभाको समयमा केपी ओली निकट समूहले बैतडीमा नेताहरु माथि गरेको आक्रमणबारे घोर निन्दा गर्दै विरोध गरेको हो ।
नेविसंघ त्रिविका सचिव गंगाराम न्यौपानेको नेतृत्वले पेट्रोलियम पदर्थमा गरिएको मूल्य वृद्धि र बैतडीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एन.पि.साउद,केन्द्रिय सदस्य डा.डिला संग्रौला, बैतडी जिल्ला सभापति नरेन्द्र बहादुर थापा,नेपाल विद्यार्थीसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिह महर, सहभागी भएको कार्यक्रम माथि भएको आक्रमण भएको भन्दै विरोध जनाएको नेविसंघका त्रिविका उपाध्यक्ष दिर्घराज भट्टले जानकारी दिए ।
लोकतान्त्रिक परिपाटीमा पनि आचरण र सभ्य व्यबहार अनुसरण गर्नुपर्नेमा नेविसंघका अर्का उपाध्यक्ष हरिष देउवाले बताए । त्यस्तै।नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिको बैतडीमा साउँद सहितका नेता कार्यकर्ताका नेताहरु माथि भएको आक्रमणकारीहरुलाई कार्बाही गर्नुपर्नेमा नेविसंघ उपाध्यक्ष डम्मबर साउँदले जानकारी दिए ।