बिहीबार, मंसिर १४, २०८०

एपिएफले दुई खेल अगाडि नै जित्यो महिला राष्ट्रिय फुटबल लिगको उपाधि

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ५ गते १६:२३

काठमाडौं । सशस्त्र प्रहरी बल एपिएफ दुई खेल अगाडि नै महिला राष्ट्रिय फुटबल लिगको उपाधि जित्न सफल भएको छ। नेपाली सेनालाई नेपाल प्रहरीबीचको खरल एक एक गोलको बराबरीमा रोकेसँगै एपिएफ च्याम्पियन बनेको हो। सेनाको उपाधि यात्रालाई भने प्रहरीले पुर्ण विराम लगाइदियो।

नेपाली सेना उपाधि होडबाट बाहिरियो। उपाधि संभावनालाई जिवितै राख्न नेपाली सेनालाई जितको विकल्प थिएन। तर प्रहरीले कडा चुनौति दिदै नेपाली सेनालाई एक एक गोलको बराबरीमा रोकेपछि सेना उपाधिहोडबाट बाहिरियो।

खेलको १५ औ मिनेटमा अमृता जैसीको गोलमा नेपाल प्रहरीले पहिलो हाफमा एक शुन्यको अग्रता बनायो। तर ५३ मिनेटमा रश्मी कुमारी घिसिङले बराबरी गोल फर्काउदै खेलमा फर्कने संकेत दिइन। तर सेनाले थप गोल फर्काउन सकेन भने प्रहरीकी कप्तान घिम कुमारी घलेले पेनाल्टी प्रहार चुकाइन। खेल एक एकको बराबरीमा सकियो। यो बराबरीमा एपिएफ दुई खेल अगाडि च्याम्पियन बन्यो।

११ खेलबाट नेपाली सेनासँग २६ अंक छ र एपिएफ भन्दा चार अंकले पछाडि पर्दा उपाधि होडबाट बाहिरिएको हो। अब अन्तिम खेलमा एपिएफलाई हराएपनि सेनाले चार अंकको दुरी मेटाउन सक्दैन। एपिएफले अहिले विराटनगरसँग खेल्दैछ। एपिएफले आफ्नो बाकी दुई खेल गुमाएपनि उपाधि भने जित्नेछ।

तपाइँको प्रतिक्रिया