शुक्रबार, जेठ २६, २०८०

१७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक सार्वजनिक

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ५ गते १५:५१

बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

बैतडीकी दोगडाकेदार गाउँपालिका–७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयमै कक्षा ११ मा पढ्ने १८ वर्षीय दिनेशले घटना गराएको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ । कक्षा १२ मा अध्ययनरत भागरथीको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बलात्कारपछि हत्या भएको थियो ।

उनको शव दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै लवलेक सामुदायिक वनमा भेटिएको थियो । घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ ।

पारिवारिक झगडामा बदलाको भावनाले दिनेशले घटना गराएको पाइएको पनि प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार दिनेश पहिले नै घटनास्थलमा पुगेर भागरथीलाई कुरेर बसेका थिए ।

भागरथी आउनासाथ सडकबाट तल धकेलेर लडाइ बलात्कार गरी घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । भागरथीको भजाइनल स्वाबबाट डीएनए टेष्टका लागि पठाइएको र केही सातामा रिपोर्ट आउने पनि प्रहरीको दाबी छ ।

तपाइँको प्रतिक्रिया