काठमाडौंको खुला मञ्च खुला गर्न डोजर चलाइयो
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ५ गते १०:१३
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च खाली गराउन डोजर चलाएको छ । वर्षाै देखि खुलामञ्ज कब्जा गर्दै विभिन्न ठेगेदार कम्पनीहरुले अवैध संरचना बनाएपछि महानगरले डोजर चलाएको हो ।
बुधबार बिहान महानगरले डोजर लगाएर खुलामञ्चका टहराहरू भत्काइदिएको हो ।उपमेयर हरिप्रभा खड्गीले तत्काललाई बसपार्क मात्र रहन दिने गरी खुलामञ्च खाली गर्न लागिएको बताइन् । उनका अनुसार दरबार हाइस्कुल पुनर्निर्माणमा खटिएका चिनियाँ ठेकेदार र वीर अस्पतालले बनाएका संरचना भत्काइएका हुन् ।
पत्राचारपछि साना सामग्री उनीहरूले नै लगेका छन् । त्यसपछि ठूला संरचना मात्र हामीले भत्काएको महानगरपालिकाले जनाएको छ ।