भारतलाई अग्रीम भुक्तानी दिएर कोरोना विरुद्धको खोप खरिद गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । कोरोना भाइरस संक्रमण विरुद्धको खोपका लागि सरकारले अग्रीम भुक्तानी दिएर खरिद गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो ।
सरकारले भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अघि बढ्न नसेको बताउँद अग्रीम भुक्तानी दिएर खोप खरिद गर्ने निर्णय गरेको हो ।
सरकारले सिरमसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् । यी खरिद गर्न लागेको भ्याक्सिनको मूल्यको ८० प्रतिशत राष्ट्र बैंकमार्फत अग्रिम पठाउने मन्त्री त्रिपाठीले जनाए ।, भुक्तानी नम्बर पठाइसेकपछि उक्त कम्पनीले ब्याच नम्बर हाल्न सुरु गर्ने जनाइएको छ ।सामान पठाउनुअघि २० प्रतिशत रकम पनि भुक्तानी गरिक्ने मन्त्री त्रिपाठीले जनाएका छन् ।