शुक्रबार, असोज १४, २०७९

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपनालाई धम्की दिने बस्नेत पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ४ गते १९:३८

काठमाडौ । सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन्। बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपनालाइ धम्क्याउने बस्नेतलाई प्रहरीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताउदै ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए। धम्कीपछि बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता परेको थियो।

म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। एक्सन फर सोसियल चेञ्जका संस्थापक समेत रहेका बस्नेतसंगै यसअघि सपना मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए।

गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्। सोही क्रममा पनि उनीहरूबीच तिक्तता आएको बताएको छ ।

तपाइँको प्रतिक्रिया