मंगलबार, जेठ १६, २०८०

एमिकस क्युरीबाट बहस गर्ने अधिवक्ताकाे तर्क, संविधानमा देखिनेभन्दा नदेखिने कुराले काम गर्यो

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ४ गते १९:२४

काठमाडौ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भइरहेको सुनुवाइमा एमिकस क्युरीतर्फको बहस सुरु भएको छ

हिजो पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफी बहस सकिएसँगै आजदेखि एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ताहरूले बहस थालेका हुन् । बहसका क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान निर्माणमा सहभागीहरू नै संविधान संकटमा परेको भनी आन्दोलनमा रहेका बेला इजलासका न्यायाधीशहरूमाथि ठूलो जिम्मेवारी आइपरेको भनाइ राखेका छन् ।

संविधानका धारामाथि बहस केन्द्रित हुनुपर्ने भनेर बहस सुरु गरेका कार्कीले आफ्नै तर्क काट्दै संविधानमा देखिनेभन्दा नदेखिने कुराले काम गर्ने बताएका थिए । संवैधानिक इजलासले ४ माघयता निरन्तर सुनुवाइ गरिरहेको यो मुद्दामा एमिकस क्युरीबाट पाँच जनाले बहस गर्नेछन् । कुनै विशेष मुद्दामा विज्ञको राय लिन अदालतले आवश्यक ठानेमा एमिकस क्युरी बोलाउन सक्ने व्यवस्था छ । एमिकस क्युरीले सम्बन्धित मुद्दाको पक्ष या विपक्षमा नलागी स्वतन्त्र र निस्पक्ष ढंगले आफ्नो राय दिन्छ भन्ने विश्वास गरिन्छ ।

तपाइँको प्रतिक्रिया