अनेरास्ववियूले संविधानको पूजा गर्दै सरस्वति दिवस मनायो
काठमाडौं ।अनेरास्ववियू ल क्याम्पस कमिटीले नेपालको संविधान २०७२ को पूजा गर्दै सरस्वतिको पूजा आराधना गरेको छ । मंगलबार विहान श्रीपञ्चमी एवम् सरस्वती पूजाको अवसरमा अनेरास्ववियू ल क्याम्पस कमिटीले क्याम्पसमा अवस्थित न्यायमूर्तिलाई साक्षी राख्दै नेपालको संविधान २०७२ को पूजा गरेको हो ।
विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिनको अवसरमा अनेरास्ववीयूले कानूनका विद्यार्थीहरुले कानूनको बारेमा अध्ययन, मनन र चिन्तन बढोस् भन्ने दृष्टिकोणमा नेपालको संविधानकै पूजा गरिएको अनेरास्ववियू ल क्याम्पसका अध्यक्ष हरि पंगिनीले बताएका छन् । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यताका साथै वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारिक आयाम अनुरुप सरस्वति पूजाको संस्कार नेपालीपनका अभिन्न अङ्ग मानिन्छन् ।
सरस्वति पूजाका अवसरमा अनेरास्वीयूका नेता आरसी लामिछाने सहित दर्जनौं अनेरास्ववियूका नेता तथा कार्यकर्ताको उपस्थितकाबीच ल क्याम्पसमा अध्ययनर सयौं विद्यार्थीको उपस्थित रहेको थियो । आजको पूजा विगतका वर्ष भन्दा पृथक रुपमा अघि बढाएको अनेरास्वीयुका केन्द्रीय सदस्य मुक्ति बोहोराले बताए । सरस्वति विशेष पूजाको अनेरास्वीयूका नेता एवम् नेपाल ल क्याम्पसका विद्यार्थी रमेश आचार्यले गरेका थिए । आजको दिन हलो, गोरु, माटो, बोट–बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरु अनि अन्नबालीका साथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो ।
‘ब्रह्मा भिभर्त पुराण’मा प्रष्ट रूपमा उल्लेख छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नू भनी भगवान श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।