बुधबार, चैत ८, २०७९

म्यानमारको सेनालाई संयुक्त राष्ट्रसंघको चेतावनीः प्रदर्शनकारीमाथि दमन नगर्नू

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ४ गते १३:३५

एजेन्सी । संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोध गर्न पाउने अधिकारलाई सम्मान गर्न म्यानमारको सैनिक नेतृत्वसँग आग्रह गरेको छ।

म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो। त्यसपछि सैन्य कू को विरोधमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुसहितले सधै प्रदर्शन गर्दै आइरहेका छन्।

प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका खबर आइरहेका बेला संयुक्त राष्ट्रसंघले शान्तिपूर्ण रुपमा विरोध तथा प्रदर्शन गर्न पाउने जनताको अधिकारको रक्षा तथा सम्मान गर्न सैनिक नेतृत्वलाइ भनेको हो।

सत्ताको नेतृत्वमा रहेका म्यानमारको सेनाका अधिकारीसँगको टेलिफोन वार्तामा संयुक्त राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर बग्नरले प्रदर्शनकारीमाथि हुने कुनै पनि प्रकारको ज्यादतीको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएकी हुन्।

विशेष दूत क्रिष्टिनले सोमबार सत्ता हातमा लिएको म्यानमार सेनाका डेपूटी हेट सोए विनसँग टेलिफोन वार्ता गरि सचेत गराएकी छन्।

सेनाले पछिल्लो दुई दिनदेखि रातिको समयमा इन्टरनेट सेवा अवरुद्ध गरेको छ। मंगलबार बिहान भएसँगै इन्टरनेट सेवा सुचारु भए पनि मुख्य शहरहरुमा हतियार सुसज्तित सेनाका बख्तरबन्द गाडीहरुको तैनाथी छ।

प्रदर्शनकारीहरुले मंगलबार पनि विरोध जारी राखेका र प्रदर्शनकारीहरु सानो–सानो समूहमा रहेको समाचार संस्था रोयटर्सले जनाएको छ।

सेनाले गएको नोभेम्बर ८ मा भएको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै सत्ता हातमा लिएको हो। तर उसले धाँधलीका कुनै एकिन प्रमाण भने दिन छैन।

उक्क्तचुनावमा हाल सेनाको गिरफ्तारीमा रहेकी नेतृ आङ साङ सूकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी एनएलडी ले अत्याधिक बहुमत ल्याएको थियो ।

तपाइँको प्रतिक्रिया