मंगलबार, मंसिर २०, २०७९

प्रधानमन्त्री पाउनका लागि संघर्षको नेतृत्व गरेको हैन- प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ४ गते १२:५३

काठमाडौं । दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री पद पाउनका लागि संघर्ष नगरेको बताएका छन् । मंगलबार गृह जिल्ला चितवनमा पकारहरुसँग बोल्दै पचण्डले ‘संसद् पुन स्थापना हुनेमा विश्वास व्यक्त गरे ।

आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको पनि बताए । ‘यो भ्रम कसैलाई नपरोस्, प्रचण्डले यो संघर्षको नेतृत्व थालेको प्रधानमन्त्री पाउन हैन,’ उनले भने । अहिलेको संकट समाधान गर्न प्रतिपक्ष पार्टीहरूसहित संयुक्त आन्दोलन गर्ने प्रयास भइरहेको बताएका छन् ।
‘मैले शेरबहादुरजी, रामचन्द्र जी र जसपाका नेताहरूसँग कुरा गरिराखेकै छु ।

संयुक्त आन्दोलन भए चाँडो छिनोफानो हुन्छ,’ उनले भने । उनले भने, भएन भने के हुन्छ, हाइपोथेसिसमा नजाऊँ,’, ‘यस्तो भए नेपाली जनता चुप लागेर बस्दैन । कतै न कतैबाट आन्दोलनमा जान्छ ।’निर्वाचन आयोगले बहुमत प्राप्त समूहलाई दलको मान्यता दिने समेत बताएका छन् ।

तपाइँको प्रतिक्रिया