निर्वाचन आयोगको भूमिका शंकास्पद-सभापति देउवा
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ३ गते २०:३८
भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको भूमिकाप्रति शंका व्यक्त गरेका छन् ।
निर्वाचनको तयारी र सत्तारुढ नेकपाको विवाद मिलाउन चासो नदेखाएको भन्दै देउवाले आयोगका काममाथि प्रश्न उठाउनुभएको हो ।
भैरहवामा आज भएको विरोध सभामा सभापति देउवाले सरकारले निर्वाचन घोषणा गरे पनि आयोगले कुनै पनि तयारी नगरेको भन्दै प्रश्न उठाएका हुन् ।
सभापति देउवाले नेकपाको चुनाव चिन्हका लागि भएको झगडा मिलाउन आयोगले चासो नदेखाएकोमा पनि आपत्ति जनाउनुभयो ।
संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनैपर्ने बाध्यकारी व्यवस्था स्मरण गराउँदै सभापति देउवाले व्यवस्था कार्यान्वयन गर्छु भनेर आयोगले विश्वास दिलाउनु पर्ने बताए ।
नेकपाको झगडाले आफ्नो पार्टीभित्र पनि समस्या परेको देउवाले गुनासो गरे ।