बुधबार, चैत ८, २०७९

राजा-महाराजाझैं पञ्चर्‍याली गर्दै हिडेका ओली हारिसके- प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ३ गते १५:४८

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले उहिलेका राजामहाजाको जस्तो नक्कल गरिरहेको टिप्पणी गरेका छन् । तर ओलीले प्रतिगमनको बाटो पक्रिसकेको भन्दै प्रचण्डले उनले हारिसकेको बताए ।

सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताए । ‘उहाँले पञ्चर्‍याली जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिला पहिला राजा महाराजाले जे गर्थे त्यही गर्नुभएको छ । त्यसको केही अर्थ छैन, कुनै महत्व छैन,’ प्रचण्डले भने,जतिबेला ओलीले प्रतिक्रान्तिको बाटो पक्रिनु भयो उहाँले हारिसक्नु भएको छ ।’
उनलेले ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको पनि आरोप लगाए ।

प्रचण्डले ओलीले मत र व्यवहारमा दुबैमा हारिसकेको दावी गर्दै अगाडि भने, ‘ चुनाव हुँदैन, चुनाव हुनका लागि गरिएको प्रतिगमन नै होइन ।’
ओलीले नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धी धरापमा पारेको भन्दै प्रचण्डले सबै जनता र बुद्धिजिवि मिलेर ओलीलाई परास्त गर्नुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया