‘कू एप’ : ट्वीटरको देसी भर्जन, भारतमा किन चर्चा बटुलीरहेको छ ?
ट्विटर र भारत सरकारबीचको गतिरोध चलिरहेकै बखत बुधबार ट्वीटरमा ह्यासट्याग कूएप ‘#kooapp’ ट्रेन्ड गरिरहेको थियो।
मंगलबारको ट्वीटरमा मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान, रेलमन्त्री पीयूष गोयलसहित कयौं मन्त्रीहरूले आफूले ‘कु’को एकाउन्ट बनाएको बताए। बताएनन् मात्रै, उनीहरूले आममानिसलाई यसप्रकार (कू एप)को भारतीय माइक्रो ब्लगिङ साइतसँग जोडिनलाई अपिल समेत गरे।
बीबीसीले खबर लेखिरहँदा सम्म पीयूष गोयलको ३१ हजार भन्दा बढी तथा शिवराज चौहानको करिब ३५ सय फ्लोवर बनिसकेका छन्। यस अलावा नीति विभागजस्ता विभागहरूको सक्रियता पनि कू एपमा देखिएको छ।
केन्द्र सरकारले ट्वीटरका एक हजार भन्दा बढी एकाउन्ट्सहरूलाई ब्लक गर्न निर्देश दिएको थियो, जसको बुधबारको ट्वीटरले जवाफ दिएको हो। यसपश्चात नै सोसियल मिडियामा ‘कू’लाई लिएर चर्चा-परिचर्चा सुरु भएको हो।
https://www.kooapp.com/profile/piyushgoyal
के हो ‘कू एप’ ?
कू एप ट्विटर जस्तै एक माइक्रो ब्लगिङ साइट हो। ट्विटरको नीलो चरा चिन्ह भएको एप छ भने कू को पहेँलो चरा छ। यस एपलाई मार्च २०२० मा लन्च गरिएको थियो। यसलाई बेंगलुरूको बाम्बीनेट टेक्नोलोजी प्रा.ली.ले निर्माण गरेको हो।
यस एपलाई भारतकै अपरामेया राधाकृष्णण एवं मयन्क बिदवक्ताले डिजाइन गरेका हुन्। यसलाई ट्वीटरको देसी भर्जन भनिएको देखिन्छ।
कू एप अहिले चार वटा भारतीय भाषाहरूमा उपलब्ध छ-हिन्दी, तमिल, तेलुगू तथा कन्नड। प्लेस्टोरमा कू एपलाई दश लाख भन्दा बढी पटक डाउनलोड गरिसकिएको छ।
एपको बारेमा ‘कू’ले आफ्नो वेबसाइटमा लेखेको छ, “भारतमा जम्माजम्मी १० प्रतिशत व्यक्ति अंग्रेजी बोल्ने गर्दछन्। करीब एक सय करोड व्यक्ति अंग्रेजी बोल्न सक्दैनन्! उनीहरूको हातमा मोबाइल पुगेको छ तर इन्टरनेटमा धेरै कुरा अंग्रेजीमा देखिन्छ/भेटिन्छ। ‘कू’ भारतीय आवाजहरूको सुन्ने कोसिसमा छ।”
सरकारको आत्मनिर्भर भारत अभियानको हिस्सा ?
ट्वीटर र भारत सरकारबीचको विवाद भन्दा अगाडी देखि नै भारतीय सरकारले यस कामलाई बढुवा दिईरहेको थियो।
इस्वीको २०२०मा नै सरकारद्वारा आयोजित आत्मनिर्भर एप इनोभेसन च्यालेन्जअन्तर्गत ‘कू एप’को झिल्कोले हावा भेटेको थियो र चम्किएको थियो। त्यतिबेला चिंगारी, जोहोसहित ‘कू एप’लाई विजेता घोषणा गरिएको थियो। चिंगारी एवं जोहो टिकटकजस्तै भिडियो एप्सहरू हुन्, टिकटकमाथि प्रतिबन्ध लगाएपश्चात यी एप्सहरू चर्चामा आएका थिए।
केही जानकारहरू मान्दछन् कि ‘कू’ फेरी एकफेर चर्चामा आउनुको कारण भारतीय सरकार र ट्वीटरबीचको विवाद हो।
ट्विटर र भारतीय सरकारबीच विवाद:
भारतीय सरकारले झुटा समाचार फैलाएको भन्दै कतिपय ट्विटर खाता बन्द गराइदिन सो कम्पनीलाई भनेको थियो। उसले अमेरिकाको क्यापिटल भवनमा हमलाका बेला झुटा समाचार फैलाएकाहरूको खाता बन्द गराएको तर दिल्लीको लालकिलामा ज्यानुअरी २६ मा त्यस्तै घटना हुँदा उक्साउनेहरूको विरुद्धचाहिँ केही नगरेर ‘दोहोरो मापदण्ड’ प्रदर्शन गरेको आरोप भारत सरकारले लगाएको छ।
सुरुमा सरकारको आदेशलाई ट्विटरले मानेको थियो तर पछि ती खाता पुनर्स्थापित गरिदिएको थियो।
सरकारले बन्द गराउन भनेका खाताहरूमा पत्रकारहरूको, समाचार संस्थाहरूको तथा विपक्षी राजनीतिज्ञहरूको खाता पनि रहेका छन्। यसबीच सत्ताधारी दलका नेतासहित भारतीय सरकारका समर्थकहरूले ट्विटरको बदलामा कू लाई अपनाएर आफ्नो असन्तुष्टि प्रकट गरिरहेका हुन्। तिनले भारतमा ट्विटरमाथि प्रतिबन्ध लगाउने आशयका ह्यासट्यागहरूको समेत प्रवर्धन गरिरहेका छन्।
ट्वीटरलाई टक्कर पहिलो हो ?
होइन, यसपहिले धेरै एप्सहरूले ट्वीटरलाई टक्कर दिने चेष्टा गरेका थिए । यसअघि म्यास्टोडन तथा टुटरजस्ता सञ्जाल पनि देखा परेका थिए तर तिनले बफादार प्रयोगकर्ताहरूको व्यापक आधार निर्माण गर्न सकेनन्।
‘कू’ को तुलना अमेरिकाको सामाजिक सञ्जालको पार्लर एपसँग पनि भएको छ। पार्लरले अमेरिकामा ‘स्वतन्त्र अभिव्यक्ति’को मञ्चको रूपमा आफूलाई प्रस्तुत गरेको थियो र चाँडै नै त्यो मञ्च खासगरी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थक तथा षडयन्त्रका सिद्धान्तहरूमा विश्वास राख्ने क्यूआनोनजस्ता समूहहरूमाझ लोकप्रिय भयो।
भारतमा पनि ट्विटरबाट रिसाएकाहरू कूप्रति आकर्षित भइरहेका छन्। कतिपय मन्त्रीहरू तथा सेलेब्रिटीहरूले यसमा खाता खोलेका छन्। तिनका समर्थकहरू पनि कू मा पुगिरहेका छन्।
यसैगरी, कतिपयले कू लाई चीनको वाइबो एपसँग तुलना गरेका छन् किनभने दुवैमा सरकार तथा सरकार समर्थकहरू हाबी देखिन्छन्।
डिजीटल अभियानकर्मी निखिल पाह्वा भन्छन्- भारतको आत्मनिर्भरताको जोड विश्वव्यापी मञ्चहरूको विरुद्ध बन्न सक्छ। “भविष्यमा भारत कुनै विश्वव्यापी प्लेटफर्म रहित पो हुने हो कि भन्ने मलाई चिन्ता छ,” उनले भने। साथै यिनमा राखिएका सामग्रीहरू कसैले ध्यान नदिँदा झन् उग्र विचारहरूले प्रश्रय पाउनसक्ने उनको चिन्ता छ।
(एजेन्सीको सहयोगमा)