मंगलबार, मंसिर २०, २०७९

पोस्तकको कथा संग्रह ‘मुन्नी’ सार्वजनिक

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ३ गते १४:०६

काठमाडौँ। पोस्तक श्रेष्ठको कथा संग्रह ‘मुन्नी’ सार्वजनिक भएको छ। अमेरिकामा रहेर पर्यटन पेशामा आबद्ध श्रेष्ठले सामाजिक कथा समेटेर संग्रह निकालेका हुन्।

लिपि बुक्सले बजारमा ल्याएको पुस्तकमा २२ वटा कथा समावेश छन्। पुस्तकमा समावेश कथाहरू समग्र नेपाली समाजका विविध आयामलाई समेटेको श्रेष्ठले बताए।

‘अमेरिका तथा नेपाली समाजका विभिन्न घटना कथामा अटाएका छन्। किनकि एउटा लेखक कुनै पनि विषयमा तटस्थ हुन सक्दैन्’, उनले भने, ‘कथामा सामाजिक विषय अटाएका छन्। जहाँ प्रेम, युद्ध, राजनीति तथा सामाजिक विषय छन्।’

पुस्तक प्रकाशन गर्नुअघि कथाहरू आफ्ना भए पनि प्रकाशनपश्चात् पाठकको रहेको उनको बुझाइ छ। उनी भन्छन्, ‘अब मैले पुस्तकमाथि चर्चा गर्नुभन्दा पाठक आफैँले मूल्यांकन गर्नुहुनेछ।’

लामो समयदेखि श्रेष्ठले पत्रपत्रिकामा कथा तथा कविताका माध्यमले आफ्नो उपस्थिति देखाइसकेका छन्। नेपाली सहित्य क्षेत्रमा कथा लेखन सुस्तता रहेको बेला श्रेष्ठका कथा आउनु सुखद पक्ष रहेको प्रकाशक अर्जुन अधिकारीले बताए। ‘यी कथा मात्र होइनन्। हाम्रो समाजका बिम्ब हुन्’, उनले भने।

श्रेष्ठले लेखेका फरकधारका कथाले पाठकलाई कथाप्रती सम्मोहन बढाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अधिकारीले दाबी गरे।

तपाइँको प्रतिक्रिया