बिहीबार, मंसिर १५, २०७९

एक बोतल ह्विस्की घुस माग्ने २ कर्मचारी नियन्त्रणमा

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ३ गते १३:४८

काठमाडौं। भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ एक बोतल ब्ल्याक लेबल (ह्विस्की) र ४० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्। उनीहरूले सेवाग्राहीसँग हालसाविकको जग्गाभन्दा बढी देखिएकाले मिलाइदिने भन्दै ब्ल्याक लेबल र नगद घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए। आयोगले मन्दिप कुमारलाई ४० हजार रुपैयाँ नगद र ब्ल्याक लेबल बराबरको बिगो माग दाबी गरी थप अनुसन्धान सुरु गरेको छ।

यस्तै, रमेशलाललाई ४० हजार रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्ने जनाउँदै विशेष अदालत काठमाडौंमा मुद्दा आरोपपत्र दायर गरिएको छ।

तपाइँको प्रतिक्रिया