चार जना पूर्व प्रधानन्यायाधीशले सर्वाेच्चमै पुगेर लिखित जवाफ बुझाए
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ३ गते १२:१२
काठमाडौं । चार जना पूर्व प्रधानन्यायाधीशहरुले सर्वाेच्च अदालतमा पुगेर लिखित जवाफ बुझाएका छन् । अदालतको अवहेलनाको मुद्धा लागेका पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर सोमबार लिखित जवाफ बुझाएका हुन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।