ओली नेतृत्वको सरकारको आज तीन वर्ष पूरा, ओली सिंहदरबार जाँदै
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ३ गते ११:३९
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आज तीन वर्ष पूरा गरेको छ । सरकारले तीन वर्ष पुरा गरेको अवसरमा प्रधानमन्त्री ओली आफ्नो सरकारका उपलब्धी पुनःनिर्मित सिंहदरबार परिसरमा एक विशेष कार्यक्रमका साथ सार्वजनिक गर्दैछन् ।
प्रतिनिधिसभा विघटन गरेपछि आलोचना खेप्दै आएका प्रधानमन्त्रीले सम्बोधनमा सरकारको बचाउ गर्ने सम्भावना छ । प्रधानमन्त्री ओलीले आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गर्ने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एक वर्षपछि सर्न तथा सरकारका नीति कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।