बिहीबार, जेठ १८, २०८०

निर्वाचन आयोगद्वारा दलका प्रतिनिधिहरुसँग छलफल

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २ गते १६:२५

काठमाडौ । निर्वाचन आयोगले आगामी चुनावको बारेमा दलहरुसँग छलफल गरिरहेको छ । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा जारी छलफलमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

आयोगले निर्वाचन आचारसंहिताको विषयमा राजनीतिक दलसँग छलफल थालेको हो । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनावको घोषणा गरेकाले सोही अनुसार आयोगले आचारसंहिताको मस्यौदा तयार पारेको छ ।

दलको सुझावपछि आयोगले आचारसंहिताबारे निर्णय गर्नेछ । मस्यौदामा चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधान समेत राखिएको छ । दलको विधानबमोजिम आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने, आयोगले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने, खाता सञ्चालन तथा निर्वाचन खर्चको कारोबार पारदर्शी हुनुपर्ने आयोगको प्रस्ताव छ ।

पाँच हजारभन्दा बढी चन्दा लिनुपर्ने भए बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने प्रावधान पनि थपिएको छ ।

तपाइँको प्रतिक्रिया