शुक्रबार, असोज २१, २०७९

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, ५० जना घाइते

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २ गते ९:२०

एजेन्सी । जापानमा  ७.१  म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा ५० जना घाइते भएका छन् । शनिवार राति ११ बजेर ८ मिनेटमा फुकुशिमाको नामी शहर केन्द्रबिन्दु भइ भूकम्प गएको हो ।

भूकम्पका कारण दर्जनौ घरहरुमा क्षति पुगेको छ । टोकियोलगाएत शहरहरुका विद्युत आपूर्ति प्रभावित भएको छ । तर फुकुशिमा आणविक केन्द्रमा भने कुनै क्षति नभएको बताइएको छ ।

भूकम्प लगत्तै दुई वटा पराकम्प समेत गएका छन् । सन् २०११ मा फुकुशिमामा भूकम्प र लगत्तै आएको सुनामीका कारण १८ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

तपाइँको प्रतिक्रिया