आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै
फ्ल्यासन्युज नेपाल२०७७ फागुन २ गते ८:४४
काठमाडौं । आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदैछ । विशेषगरी युवापुस्तामा लोकप्रिय प्रणयदिवस अर्थात भ्यालेन्टाइन डेमा विश्वभर नयाँ प्रेमी प्रेमिकाले एक अर्कालाई प्रेम प्रस्ताव गरी मनाउने गरिन्छ ।
प्रेमका पक्षधर सन्त भालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेव्रुअरी १४ मा भालेन्टाइन दिवस मनाउने गरिएको छ ।