पार्टीबाट बाहिरिएका समूह फर्किनेछन् : विष्णु पौडेल
बुटवलमा आयाेजित सभालाई सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहेका पौडेलले सत्ता स्वार्थका कारण कम्युनिस्ट आन्दोलनलाई धोका दिएर जानेहरू फर्किनुको विकल्प नभएको बताएका हुन् ।
‘केही स्वार्थका कारण साथीहरू विभाजित हुनुभएको छ त र उहाँहरूसँग समाहित हुनुको विकल्प छैन,’ पौडेलले भने । अब ओलीको नेतृत्वमा सामाजिक न्याय र समृद्धितर्फ लानका निम्ति ताजा जनादेशमा जाने निर्णय भएको बताए ।
उनले विभाजित भएर गएको समूहले पार्टीको चुनाव चिह्न र आधिकारिकताबारे भ्रम फैलाइरहेको भन्दै दिग्भ्रमित नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । ‘यो उपस्थितिले प्रस्ट पारेको छ, आधिकारिक पार्टी हामी नै हौँ । सूर्य चिह्न हाम्रै हो । यो कुरा कानुनी रूपमा समेत पुष्टि हुनेछ,’ पौडेलले भने ।
१७ र २७ वैशाखमा निर्वाचन हुने उनले दाबी गरेका छन् । निर्वाचनलाई कसैले रोक्न नसक्ने उनको भनाइ छ । उनले कार्यकर्तालाई निर्वाचनको एजेण्डासहित गाउँगाउँ जान निर्देशन दिएका छन् ।