बिहीबार, चैत ९, २०७९

प्रचण्डसँग एक हुने कुरा असम्भव : डा. भट्टराई

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १ गते १८:१३

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरूको कथा’ विमोचन भएको छ। बालुवाटारस्थित ब्याङक्वेटमा भएको विमोचनमा बोल्दै भट्टराईलेले प्रचण्डले बेला-बेलामा सँगै हुनु पर्ने कुरा असम्भव भएको बताएका छन्।

कार्यक्रममा बोल्दै डा. भट्टराईले जनयुद्ध गलत नभएको तर, अब नयाँ ढंगले अगाडि बढ्नु पर्ने भएकाले तत्कालीन माओवादीसँग अलग भएकाे बताए। उनले भने, ‘जनयुद्धकाे कारणले नै गणतन्त्र आएकाे हाे, तत्कालीन समयमा जनयुद्ध सही थियाे, अब नयाँ ढंगले अगाडि बढ्ने पर्नेबेला भएको छ।’

उनले क्रान्ति गर्ने कोही ‘हेग’ जानु नपर्ने भएकाले कसैले बार्गेनिङ गर्न आवश्यक नभएको बताए। संघीयता कसैले खाेस्ने दुस्साहस गरे गम्भीर विषय हुने भन्दै उनले पदकाे पछि लाग्न नहुने बताएका छन्।

अहिलेको परिस्थितिबाट देशलाई बचाउन नयाँ पुस्तालाई अगाडि सार्ने बेला आएको डा. भट्टराईको भनाई थियो। उनले लेखेको पुस्तकमा विं.सं. २०३८ देखि ६६ सालसम्मकाे अनुभूति समेटिएको छ।

तपाइँको प्रतिक्रिया