शनिबार, असोज १५, २०७९

केही मान्छे बाहिरिएपछि काम गर्न सजिलो भयो : प्रधानमन्त्री ओली

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १ गते १६:२७

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा आयोजित आमसभामा बोल्दै आफूलाई बारम्बार राजीनामा मागेकाले संसद विघटन गरेको बताएको छन्। उनले आमसभामा बोल्दै आफ्नो राजीनामा माग्ने मान्छेहरु बाहिर गएपछि पार्टी हराबरा भएको समेत बताए।

उनले पार्टीबाट केही मानिसहरु बाहिर गएपछि काम गर्न सजिलो भएको बताए। उनले भने, ‘हाम्रो पार्टीबाट केही मान्छे बाहिर गए पनि खास नोक्सान पुगेको छैन। पार्टी अझै सुदृढ भएको छ।’

तपाइँको प्रतिक्रिया