मंगलबार, मंसिर २०, २०७९

नेपालमा “भ्यालेन्टाइन डे उर्फ प्रेम दिवस ” कहिले मनाउने ?

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १ गते १५:५६

नेपालमा मनाइने अन्तरराष्ट्रिय र राष्ट्रिय दिबसहरुको सुचिमा विगत केहि वर्षहरु पहिले एउटा दिबस थपिएको छ, त्यो हो “भ्यालेन्टाइन डे अर्थात् प्रेम दिबस” । कहिले, कसरी, किन यो दिवस नेपालमा भित्रियो त्यस बारेमा अलग नै चर्चा गर्नु सान्दर्भिक हुन्छ । प्रेम दिवसको नाममा भ्यालेन्टाइन डे नेपालमा ब्यापक रुपमा मनाइदै गर्दा मेरो मस्तिस्कमा बारम्बार एउटा प्रश्न आइरहन्थ्यो । के नेपालमा यो दिबस भित्रिनु पहिले नेपालीहरुले प्रेम भावना प्रकट नै गर्ने थिएनन ? प्रेम नै गर्ने थिएनन् नेपालीहरुले ? पूर्वीय दर्शनशास्त्रहरु मध्ये सबै भन्दा पुरानो सांख्य दर्शनले यो चराचर जगतको निर्माणमा प्रकृति र पुरुष बिचको आकर्षण र मिलन अनिवार्य मानेको छ ।

त्यहि आकर्षण नै कालान्तरमा प्रेम बन्न गएको जसको प्रतिक स्वरूप प्रकृति र पुरुषलाइ शैव धर्ममा शिब र शक्ति, बज्रयानमा प्रज्ञा र उपाय, बेदान्तमा ब्रम्हा र माया भनि व्याख्या गरिएको छ । यसका अतिरिक्त प्राचीन बैदिक ग्रन्थहरुमा पनि प्रेम, माया, आकर्षणको बारेमा धेरै चर्चा गरिएको छ । ऋग्बेद देखि पौराणिक युग सम्म लेखिएका ग्रन्थहरुमा प्रेमको बारेमा कैयौ पात्रहरु सिर्जना भैसकेका छन् । इन्द्र र शचि, यम र यमी, पुरुरुवा र उर्बसी, ययाती र देबयानी, नल र दमयन्ती, सत्यवान र सावित्री, दुष्यंत र शकुन्तला आदि । पौराणिक युग देखि पछि पनि यो परम्पराले निरन्तर पाइरह्यो । नेपाली साहित्यमा पनि मुना मदन, मधु मालती, जस्ता प्रेमिल जोडी सदा अविस्मरणीय बनिरहे, जसको बारेमा लेखिएका कथाहरु प्राय नेपालीहरुले पढेका होलान । यसको अतिरिक्त खड्ग समशेर र तेज कुमारी बिचको अगाध प्रेम गाथा र आफ्नी प्रिय रानीको सम्झनामा खड्ग समशेरले पाल्पामा निर्माण गरको रानी महल पनि धेरै नेपालीलाइ थाह नै छ । यस देखि बाहेक पनि प्रेमका प्रसस्त कथाहरु, प्रेमका प्रसस्त गीतहरु, प्रेमलाई उजागर गर्न सृजना गरिएका तमाम सिर्जनाहरु हामीहरुले देखेका छौ, सुनेका छौ, पढेका छौ ।

प्रत्येक जीवहरुको उत्पति प्रेमबाट नै भएको सत्यलाइ मनन गर्नेको लागि हर दिन प्रेम दिबस हो । १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइनलाई मृत्यु दण्ड दिएको दिनलाइ कुरेर प्रेम दिबस मनाउनु नेपालीको लागि सुहाउने कुरा हुदै होइन । जीवन जिउनुको अर्थै नबुझी भौतिक सुख सुबिधा, शारीरिक तृप्तिको लालचामा भौतारिदै भावनात्मक प्रेम सम्बन्धको खडेरिमा छ्टपटाइरहेको मानब समुदायलाई “भ्यालेन्टाइन डे“ ले प्रकृतिको नियम र सांसारीक जीवन जिउनुको वास्तविक अर्थ र उदेस्य, प्रेमको अनुभूतिलाइ प्रस्टयाउन सक्दैन । मात्र क्षणिक रमाइलो, देखासिकी, बाहिरिया प्रबाभले वास्तविक प्रेम, माया, स्नेह, अनुराग प्राप्त गर्न सकिदैन । प्रकृति र पुरुषको सह(अस्तित्व सहितको समुल ज्ञान, नैतिक संस्कार अंगालेका नेपालीहरुको लागि “भ्यालेन्टाइन डे“ केवल आयातित दुष्कर्म मात्र हो ।

नेपाली संस्कृतिको लागि हितकारी नहुने हुनाले प्रेमको नाममा यो दिबस मान्न छोडौ । प्रेम दिबस मनाउनु नै परे राजा सलहेश र रानी मालिनीको सम्झनामा बैशाख १ गते नेपालमा प्रेम दिबस मानाऔ । के नेपालीहरुले सेन्ट भ्यालेन्टाइनलाई मृत्यु दण्ड दिइएको दिनलाई प्रेम दिबस मनाउन उपयुक्त होला रु चुरो कुरो नबुझी कन देखासिकी गरेर अरु कै परम्परामा लट्टु हुनु भन्दा पहिला फागुन २ अर्थात १४ फेब्रुअरीको बारेमा बुझ्यौ । सयौ बर्ष पहिले देखि नै पश्चिामाहरु विवाहलाइ बन्धन मानि बिबाह नै नगरी संगै बस्दथे ।

पशुतुल्य छाडा यौन क्रियाकलापमा रमाउने अमेरीका, युरोपतिर त्यस्ता मानिस बिरलै पाइन्छन जसको एक मात्र महिला अथवा पुरुष सँग प्रेम सम्बन्ध रहेको हुन्छ । नैतिक मूल्य मान्यता सिकाउने धर्मका नाममा चर्चका पादरीहरु स्वेच्छाचारी हुन्थे । उनीहरु नारीको निर्माण नै पुरुषको मनोरञ्जन र उपभोगका निम्ति भएको हो भन्ने मान्यता राख्दथे । पादरीहरुलाई एक या एक भन्दा बढी रखौटीहरु राख्दथे ।

धर्मका नाममा महिलाको यौन शोषण र अत्याचार गर्ने चलन थियो । यस्तो समयमा सन्त भ्यालेन्टाइनले यस्तो पशुतुल्य छाडा यौन व्यवहारको विरुद्ध आवाज उठाइ, विवाहको धार्मिक, नैतिक र चारित्रिक महत्व बुझाइ, आफ्नोे सिद्धान्त मान्ने हजारौं जोडीहरुको विवाह गराइदिएका थिए । उनको यो अभियान धर्मका नाममा स्वेच्छाचार गर्ने चर्चका पादरीहरुलाइ मन परेन र उनलाइ धर्म नासेको, युरोपको पुरानो परम्परामा बिगारेको आरोप लगाइ थुनियो ।

रोमका राजा क्लोडियसले भ्यालेन्टाइनलाई ई‍. स.४९८ फेब्रुअरी महिनाको १४ तारिखको दिन सार्वजनीकरुपमा फासी दिइयो । उनका अनुयायीद्वारा उनको सम्झनामा हरेक वर्ष १४ फेब्रुअरीमा ‘भ्यालेन्टाइन डे’ मानाउन थाले । पछिल्ला केही वर्ष विद्युतीय सञ्चार माध्यमहरुको विकाससँगै यो पश्चिमी पर्वले हाम्रो समाजमा पनि भित्रियो र आफ्नो उपस्थिति बलियो बनाउन थाल्योे । खास गरेर स्कूल कलेजका युवा युवती बीच ‘प्रेम दिवस’ को रुपमा भ्यालेन्टाइन डे ले स्थान लिइ छाडेयो । युवा युवतीहरु कुरा नबुझिकनै एक अर्कालाई फूल–कार्ड उपहार दिन लालाइत हुन्छन् ।

भ्यालेन्टाइन कार्डमा अंग्रेजीमा लेखेको हुन्छ, ‘उड यु बी माई भ्यालेन्टाइन’ । यसकोे मूल अर्थ हो, के तपाईं म सँग बिहे गर्नु हुन्छ रु तर युवाहरु त्यो कुरा न बुझि आफ्ना प्रेमी वा प्रेमीकालाई प्रेम प्रस्तावका रुपमा त्यहि भ्यालेन्टाइन कार्ड दिन्छन् । हाम्रै संस्कृतिबाट प्रभावित भएर सुधारात्म कदमका रुपमा मनाइने भ्यालेन्टाइन डेलाई नेपालमा यति महत्व दिनुको कुनै अर्थ र औचित्य छैन ।

युरोप, अमेरिकी समाजमा भ्यालेन्टाइन डे मनायनुको मूख्य उद्येश्य लिव इन रिलेशनशिपको सट्टा विवाहलाई प्रोत्साहन दिनु हो । किनकी युरोप, अमेरिकी समाजमा साधारणतया विवाह गर्ने संस्कार नै छैन । तर हाम्रो सनातन हिन्दु संस्कृतिमा परम्परादेखि नै विवाहगर्ने पद्धति छ । आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै जाने अनि विदेशी अर्थात पाश्चात्य संस्कृति, प्रभावलाई बुझ्दै नबुझी अँगाल्दै जाने प्रवृत्तिको विकास हुँदै जानु नेपाल र नेपालीको लागि राम्रो संकेत होइन ।

 

तपाइँको प्रतिक्रिया