कविता : रंग
फ्ल्यासन्युज नेपाल२०७७ माघ ३० गते १८:१२
तनभरी मध्यकालिन ” तरबारको
सिद्धान्त ” खादेर
इहिको प्रतिमा रुपी वेल चर्किदा
मात्र तुकहिन बुख्याचा
सन्नटा बोकेको बारीको कुनामा ।
तेल रितिएको दियो
उत्सर्गमा चम्किएझै
दुर्लभ अभिमान
फैलाएको छु।।
वायुमा सौन्दर्यले सजाएको
सिसाको दरबारमा
अनाहकमा बारम्बार ढुङ्गा बर्साएर
हिजो पवित्र दिल चर्काउदा
आज फेरी संगिन लन्चर बर्साउदै
तानाशाहको सालिकमा
तन्डामले समय जितेर
कुर्कुचाले मेरै अनुहार कुल्चिएको भोग्न विबश छु ।।
नरहे बाँस नबजे बासुरी
” चियाङ स्वाजिन ” बनेर
मेरा पाइला कस्सो जुनमै टेके भने ।
तिम्रा बिलौना बोकेका आशुले
गंगानै बगेभने
पक्कै रत्नकरकै ध्यान समाउनेछु ।।
उन्मेषझैँ सुनामी फैलाएर
उभय अचेत अर्घेलो
युद्वमा ” प्रभाकर ” कै नियती भोग्नै थियो भने
मेरो हृदयमा
चट्याङ
बर्साउनुले के
सौगात बोकाउला र ???
तेज विक्रम देवकोटा
त्रिभुवन विश्व बिद्यालयबाट अंग्रेजी साहित्य र जनप्रशासनमा स्नातकोत्तर