मंगलबार, जेठ १६, २०८०

१२७ कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ माघ ३० गते १८:०६

काठमाडौं। पछिल्लो चौबीस घण्टामा चार हजारजनाको पीसीआर परीक्षण गरिएकोमा १२७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या दुई हजार ५४ पुगेको छ ।पछिल्लो चौबीस घण्टामा १३६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ७९६ पुगेको छ । हाल क्वारेन्टिनमा ७९ जना छन् भने आइसोलेसनमा एक हजार ७०७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया