बुधबार, मंसिर १३, २०८०

काठमाडौंका विभिन्न ठाउँमा विधुत सेवा अवरुद्द हुँदै

फ्ल्यासन्युज नेपाल२०७७ माघ ३० गते ८:४५

काठमाडौं। काठमाडौंका विभिन्न ठाउँमा भोली (शनिबार)का दिन विधुत सेवा बन्द हुने भएको छ । नेपाल विधुत प्राधिकरणले एक सूचना जारी गर्दै भोली र पर्सी दुई दिनका लागि विधुत सेवा बन्द हुने जनाएको छ ।

साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो। बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार शनिबार बिहान ११ देखि दिउँसो २स्३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ।

शनिबार नै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२स्३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १स्३० देखि अपरान्ह ४स्३० सम्म विद्युत काटिनेछ।

कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १स्३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जानकारी दिएको छ।
हेर्नुहोस् सूचना

तपाइँको प्रतिक्रिया