बुधबार, जेठ २४, २०८०

झाक्रीको रिहाईको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता, आइतबारका लागि पेशी तोकियो

फ्ल्यासन्युज नेपाल२०७७ माघ २९ गते १७:५६

काठमाडौं । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । झाँक्री पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्य बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् ।

उक्त निवेदन सर्वोच्च प्रशासनले दर्ता गरेको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

शुक्रबार सोनाम ल्होसारको सार्वजनिक बिदा र अर्काे दिन शनिबार परेकोले दुई दिन अदालत खुल्दैन । त्यसैले, आइतबार उक्त मुद्दाको पेसी तोकिएको हो ।

 

 

 

तपाइँको प्रतिक्रिया