धैर्य गरौँ, यो अन्तिम लडाइँ होः रामकुमारी झाँक्री
फ्ल्यासन्युज नेपाल२०७७ माघ २९ गते १७:०९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेत्री रामकुमारी झाँक्रीले ओली सरकारविरुद्धको यो अन्तिम लडाइँ भएको बताएकी छन्।
आफ्ना समर्थकहरूलाई धैर्य गर्न आग्रह गर्दै उनले यस्तो बताएकी हुन्।
मिनभवनस्थित महानगरीय अपराध अनुसन्धान विभागको हिरासतमा रहेकी नेतृ झाँक्रीले आफूलाई राज्य विरूद्धको कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको बताएकी छन्। उनले त्यहाँबाट फेसबुकमा लेखेकी छिन्, ‘सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो।’
झाँक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षले लगाएको छ।