बिहीबार, मंसिर १४, २०८०

सरकारको अधिनायकवादी चरित्र उदांगो भयो – रामचन्द्र पौडेल

फ्ल्यासन्युज नेपाल२०७७ माघ २९ गते १७:००

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षकी नेत्री एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन्।

बिहीबार बिहान प्रहरीले शंखमूलस्थित झाँक्रीको आफ्नै घरबाट पक्राउ गरी नेपाल प्रहरीको अपराध महाशाखामा सोधपुछको लागि राखेको छ। राज्यविरुद्घको मुद्दामा झाँक्रीलाई पक्राउ गरिसकेपछि त्यसको विरोधमा ट्वीट गर्दै पौडेलले लेखेका छन्, ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नांगो हस्तक्षेप गरेको छ।’

पौडेलले झाँक्रीलाई पक्राउ गरिएको घटनामा घोर भर्त्सना गर्दै बिनाशर्त रिहाइको माग गरेका छन्।

तपाइँको प्रतिक्रिया