बुधबार, मंसिर १३, २०८०

सरकारको विरोधमा चार दलद्वारा रणनीतिक मोर्चाको तयारी

फ्ल्यासन्युज नेपाल२०७७ माघ २९ गते ११:४९

काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित अन्य तीन राजनीतिक दलले रणनीतिक मोर्चाको घोषणा तथा सरकारविरुद्घ संघर्षका कार्यक्रम सार्वजनिक गर्न लागेका छन्।

मोर्चाको औपचारिक घोषणा गर्न आज दिउँसो साढे १२ बजे प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले जानकारी दिए। मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहने गरी यसअघि नै निर्णय भइसकेको छ।

नेता गजुरेलका अनुसार कार्यक्रममा मोर्चाको अवधारणा, संरचना र संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिने छ।

तपाइँको प्रतिक्रिया