बिहीबार, जेठ १८, २०८०

तेलको मूल्यवृद्धि फिर्ता नभए कठोर निर्णय गर्ने यातायात व्यवसायीहरुको चेतावनी

फ्ल्यासन्युज नेपाल२०७७ माघ २९ गते ११:४५

२९ माघ, काठमाडौं । यातायात व्यवसायीहरुले विभिन्न समयमा तेलमा गरिएको मूल्य वृद्धि एकमुष्ट फिर्ता गर्न माग गरेका छन् । सार्वजनिक सवारी चलाएर नाफा लिन नसकिने अवस्था सिर्जना भएको भन्दै व्यवसायीले व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गरी सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न समेत माग गरेका छन् ।सरकारले त्यसो गर्न नसके सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने उनिहरुको भनाइ छ ।

सरकारले गएको पुस १६ गते, माघ ५ गते र हिजो बुधबार लगातार पेट्रोल तथा डिजेलको मूल्य बढाएको थियो । यसबाट आफूहरु पीडित बन्नुपरेको व्यवसायीको गुनासो छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पटक(पटक भएको तेलको मूल्यवृद्धिबारे छलफल गर्न आजै महासंघको पदाधिकारी बैठक बस्ने बताउँछन् । बैठकले कठोर निर्णय गर्ने भन्दै उनले मूल्यवृद्धि फिर्ता लिन वा सार्वजनिक सवारीलाई विशेष सहुलियतको घोषणा गर्न माग गर्नेबारे छलफल हुने जानकारी दिए।

तपाइँको प्रतिक्रिया