शनिबार, मंसिर २४, २०७९

प्रचण्डकाे चेतावनी, बालुवाटार घेर्न १० लाख जनता ल्याउन नपरोस्

फ्ल्यासन्युज नेपाल२०७७ माघ २८ गते १७:१९

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते नारायणहिटी संग्रहालय अगाडिबाट दिएको चुनौतीको जवाफ दिएका छन्।

अध्यक्ष प्रचण्डले आजको विरोध सभामा ५ लाख जनाकाृ उपस्थिति रहेको बताए , उनले भने– ‘​केपीजी देख्नुभयो सभा कस्तो हुन्छ? देख्नुभयो विरोध कस्तो हुन्छ?’

यसअघि ओली पक्षले नारायणहिटीअगाडि आयोजना गरेको जनसभालाई ओलीले इतिहासकै ठूलो आमसभा भनेर दाबी गरेका थिए।

कार्यक्रममा उनले आवश्यक परे जनताले बालुवाटार र सिंहदरबार पनि घेर्ने बताए। उनले आवश्यक परे बालुवाटार घेर्ने अर्को आमसभा आयोजना गर्ने बताए। ‘हेर्नुहोला केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौंलाख जनता आउने छन्’, उनले भने, ‘जरुरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयोजना गर्नेछौँ।’

उनले चेतावनी दिँदै भने, ‘१० लाख जनता लिएर बालुवाटार घेर्न आउन नपरोस्।’

तपाइँको प्रतिक्रिया