सोमबार, चैत १३, २०७९

‘आयोगले ४४१ जनालाई बोलाएर टाउको गने हुन्छ’

फ्ल्यासन्युज नेपाल२०७७ माघ २८ गते १७:१७

काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाएको छ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ओलीले निर्वाचन आयोगमा पुगेर म नै पहिलो अध्यक्ष हुँ भन्दै आधिकारिकताको विवादलाई प्रभावित पारेको बताएका हुन्। प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगलाई पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह गरे । उनले भने, ‘त्यसमा पनि शंका छ भने ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने हुन्छ ।’

तपाइँको प्रतिक्रिया