काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा)को नेतृ अमृता थापा मगरले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन कार्यलाई सही ठाउँमा ल्याउन प्रदर्शनमा उठ्न सबै महिलाहरुलाई आग्रह गरेकी छन्।
आज भृकुटी मण्डपमा भएको प्रर्दशनमा बोल्दै उनले भनिन्, ‘महिलालाई सती प्रथाभन्दा माथि उठाएर सरकारको पहुँचसम्म पुग्न ठूलो सहयोग गरेको संविधानलाई ओलीले धावा बोलेको छ। यसलाई सही ठाउँमा ल्याउनु हाम्रो मूल काम हो।’
कार्यक्रममा बोल्दै उनले निर्मला पन्त र भगिरथी भट्टको बलात्कारीलाई कारबाही गर्न नसक्ने सरकारको विरुद्ध हातमा हँसिया र चुलेसी लिएर सडकमा आउन आग्रह गरेकी छन्।