काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य जनार्दन शर्माले जनताको बलिदानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्चीसँग साटेको बताएका छन्। काठमाडौंमा आयोजित प्रर्दशनको सभामा बोल्दै उनले जनताको आवाज सरकारले सुन्नु पर्ने बेला आएको बताए।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेका थिए। संसद विघटनसँगै सत्तारुढ दल नेकपाको प्रचण्ड–मावध पक्षले प्रर्दशन गर्दै आएको छ। आजको प्रर्दशन सभामा बोल्दै नेता शर्माले प्रधानमन्त्री ओलीले संविधानलाई बाँचभुँच बनाएको बताए।
उनले सरकारले नागरिकको सामान्या जीवनमा आवश्यक पर्ने सुविधासमेत दिन नसकेको बताए। जनताको समस्या समाधान गर्न नयाँ कुलमानहरू आवश्यक परेको बताए। उनले भने, ‘जनताको जीवन परिर्वतन गर्न, देश बनाउन नयाँ कुलमानहरु चाहिन्छ, सक्षम नेतृत्वहरु आवश्यक परेको छ।’
उनले फेरि लोकतन्त्रको रक्षा गर्ने बेला आएको बताएका छन्। सबै जनता मिलेर लोकतन्त्रको रक्षा गरी त्यसमै सबै मन्त्रीहरु, सरकारका मान्छेहरु बस्नु पर्ने बताए।
प्रधानमन्त्री ओलीको प्रवृत्तिमाथि नेता शर्माले ‘कसरी केपी ओली पैदा भए?’ भनेर प्रश्न गरेका थिए। उनले भने, ‘केपी ओली हुनुमा मेरो पनि जिम्मेवारी होला, यसमा मैले पनि आफ्नो ठाउँबाट जिम्मेवारी लिन तयार छु।’